एजेन्सी भदौ १६ । युक्रेनको जोपोरोजियामा रहेको युरोपकै ठूलो परमाणु उर्जा संयन्त्रको अनुगमनमा सँयुक्त राष्ट्रसंघको टोली पुगेको छ । आजै सो प्रतिनिधिमण्डल पुगेर अनुगमन शुरु गरेको छ । यो परमाणु संयन्त्रमा लगातार युक्रेनी सेनाले रकेट प्रहार गरेपछि रेडियसन फैलने खतरा बढेसँगै राष्ट्रसंघीय टोली पुगेको हो ।
यो युद्धका क्रममा रुसले कब्जा गरेपछि युक्रेनले निरन्तर बम प्रहार गरीरहेको छ । यसैबीच सो प्लान्ट क्षेत्रमा विष्फोट गराउने उदेश्यले जुटेका युक्रेनी सेनाको टोलीलाई रुसी सेनाले पक्राउ गरेको छ ।
कम्तीमा तीन सैनिकलाई समातिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline