एजेन्सी भदौ १६ । रुसको पूर्वी क्षेत्रमा भोस्टोक- २०२२ नामक बिशाल सैन्य अभ्यास शुरु भएको छ । यो अभ्यासमा रुस, चीन, भारत, पाकिस्तान लगायत देशका ५० हजार सैनिक सामेल छन् ।
रुसी रक्षा मन्त्रालयका अनुसार यो युद्धअभ्यासमा १४० लडाकु विमान, ५ हजार सैन्य वाहन सहित युद्धपोतहरु सामेल छन् ।
सन् २०१८ को युद्धअभ्यासमा ३ लाख सेना सामेल थिए । यस पटक युक्रेनमा युद्ध जारी रहेका कारण रुसले कम सेना अभ्यासमा सामेल गरेको हो ।
यो अभ्यासमा चीनबाट मात्रै २ हजार सेना सामेल छन् ।
यो सैन्य अभ्यास रणनीतिक महत्वको भएको रुसी रक्षा अधिकारीहरुको भनाई छ । अमेरीका र युरोपले प्रतिवन्ध लगाएका बेला रुसमा भएको यो अभ्यासमा थुप्रै अन्य देशहरु पनि सामेल हुनुलाई रुसले कुटनीतिक रुपमा पनि सफलता पाएको छ ।
यो सैन्य अभ्यास एक साता सम्म चल्नेछ ।
यो अभ्यासमा भारतको सहभागीतालाई अमेरीकाले चिन्ताको रुपमा टिप्पणी गरेको थियो ।