अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना बढ्दो

अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना बढ्दो

  • बिहिबार, भदौ १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

न्युयोर्क, १६ भदौ । अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना गत वर्ष १३ प्रतिशतले बढेको छ । सेना र नौसेनामा दुर्व्यवहारका घटना उल्लेखनीय ढंगले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । एक गोप्य सर्वेक्षणमा सो अवधिमा सेनामा काम गर्ने ३६ हजार जनाले अनावश्यक यौन सम्पर्कको अनुभव गरेका थिए ।

सेनामा यौन दुर्व्यवहारका घटना बढेपछि विज्ञहरूले सेप्टेम्बरको अन्त्यमा अमेरिकाले कम्तीमा १० हजार भर्ती गर्ने लक्ष्य गुमाउने भविष्यवाणी गरेका थिए । युवाहरु आक्रमणको जोखिममा रहने उनीहरूका अभिभावले विश्वास गरेमा निश्चित रूपमा भर्तीमा प्रभाव पर्न सक्ने बताइन्छ ।

यौन दुव्र्यवहारका घटना नियन्त्रण गर्न अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र सैन्य सेवा संघर्षरत रहे पनि सन् २००६ देखि झन्डै हरेक वर्ष दुर्व्यवहारका घटनामा वृद्धि भइरहेको बताइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ