भदौ १५ एजेन्सी । चीनमा जनगणतन्त्रका संस्थापक नेता माओत्सेतुङ पछि सबै भन्दा शक्तिशाली नेता वर्तमान राष्ट्रपति सि जिन पिङ देखिएका छन् । माओपछि कुनै पनि नेता दुई कार्यकाल भन्दा बढी राष्ट्रपति र पार्टी महासचिव बनेका थिएनन् ।
आगामी अक्टोबर १६ मा शुरु हुने चीनीया कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय जनकाँग्रेसले राष्ट्रपति सि लाई तेस्रो कार्यकालका लागि चुन्ने लगभग तय भएको छ ।
यो काँग्रेसले २ सय पार्टी केन्द्रीय सदस्य, २५ जना पोलिटब्युरो र सात जना स्थायी समिति सदस्य चयन गर्नेछ ।
कोभिड र अमेरीकासँगको तनावपछि अर्थव्यवस्थामा परिरहेको समस्या, भारतसँग लद्धाखमा बढ्दो सीमा समस्या जस्ता विभिन्न कारणले सि जिन पिङलाई थप चूनौती छ ।
अमेरीकाले ताईवान र भारत दुबैलाई चीन बिरुद्ध मद्धत पुर्याईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline