अमेरीकी डिजाईन अनुसार रुस बिरुद्ध लड्दै युक्रेनः काउन्टर अफेन्सिभ गर्न खोज्दा खेरसनमा एकै दिन १२ सय सैनिकको मृत्यु

अमेरीकी डिजाईन अनुसार रुस बिरुद्ध लड्दै युक्रेनः काउन्टर अफेन्सिभ गर्न खोज्दा खेरसनमा एकै दिन १२ सय सैनिकको मृत्यु

  • बुधबार, भदौ १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 62.1K
    SHARES

भदौ १५ एजेन्सी । सन् २०१४ को मैदान क्रान्ति अमेरीकी गुप्तचर एजेन्सी सिआईएको डिजाईनमा भएको थियो । यो विद्रोहपछि भिकटर यान्कोभिचको सत्ता गुमेको थियो । यो विद्रोहलाई मध्यनजर गर्दै रुसले क्रिमियामा हस्तक्षेप गरी जनमत संग्रह मार्फत रुसमा बिलय गरायो ।

त्यति बेला देखि नै युक्रेनमा रुस बिरुद्ध अभियान अमेरीकी ब्लुप्रिन्टका आधारमा भएको थियो ।
अहिले आर्थिक र भौतिक रुपमा पनि क्षतिग्रस्त भएको युक्रेनले वार्ता र सम्झौताको साटो प्रत्याक्रमण गरेर रुसलाई खेद्ने र गुमेको भुभाग फिर्ता ल्याउने अमेरीकी डिजाईन अनुसार नै लडिरहेको छ ।
अहिले अमेरीकाले यो युद्ध शुरु भएको ६ महिनाको अवधिमै अर्बौ डलरको अत्याधुनिक हतियार, मिसाईल र तालिम दिएको छ । त्यसै गरी नेटो देशहरुले पनि हतियार र पैसा दिईरहेका छन् । तर पनि रुसी सेनालाई पछि धकेल्नुको साटो ठूलो क्षति युक्रेनले व्यहोरीरहेको छ । अगष्ट महिनामा युक्रेनले दक्षिणी युक्रेनलाई फिर्ता ल्याउने अठोट गरेर प्रत्याक्रमण गरीरहेको छ । तर यो उसैलाई प्रत्युत्पादक बनिरहेको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार पछिल्लो एकै दिनमा खेरसनमा प्रत्याक्रमणका लागि पश्चिम युक्रेनबाट ल्याएर फ्रन्ट लाईनमा खटाईएका १२ सय सेनाको ज्यान गएको छ । रुसले निकोलाइभ क्षेत्रमा अफेन्समा आएका युक्रेनी सेनामाथि जवाफी कार्बाही गर्दा ठूलो संख्यामा हताहती भएको जनाएको छ ।
एकै दिनमा रुसले ४८ टंयाक, ४६ सैन्य वाहन लगायत दर्जनौ गाडीहरु, युक्रेनका पक्षमा लड्ने विदेशी लडाकुहरु समेत मारिएको रुसी रक्षा मन्त्रालयले दावी गरेको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति जेलेन्सकीले युक्रेनले प्रत्याक्रमण शुरु गरेको भन्दै युक्रेनी भुभाग खाली गरेर हिँड्न रुसी सेनालाई चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ