काँग्रेसका कारण गठबन्धनमा सिट बाँडफाँटमा ढिलाई भएको छ : देव गुरुङ

काँग्रेसका कारण गठबन्धनमा सिट बाँडफाँटमा ढिलाई भएको छ : देव गुरुङ

  • मङ्लबार, भदौ १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

भदौ १४ काठमाण्डौँ । भदौ पहिलो साता सिट बाँडफाँट गरिसक्ने भनेको पाँच दलीय गठबन्धनले अहिले सम्म यस विषयमा सहमति जुटाउन सकेको छैन ।
पाँच दलले बनाएको कार्यदलले सिट बाँडफाँटमा सहमति गर्न नसक्दा यो विषय पेचिलो बन्दै गएको छ ।

कार्यदललाई पटक पटक दिईएको समय सीमामा पनि सहमति नभएपछि यो जिम्मेवारी शीर्ष नेताहरुमै पुगेको छ ।

गठबन्धन भित्र सिट बाँडफाँटको समस्या काँग्रेसका कारण भईरहेको माओवादीको दावी छ । माओवादी महासचिव देव गुरुङले काँग्रेस लचक नहुँदा समस्या आईरहेको भन्दै दलहरुबीच सहमतिको संभावना भने रहेको बताए ।

माओवादी बटम लाईनको बारे सोध्दा उनले माओवादीले दावी गरेको सिट नछाड्ने नै अडान रहेको तर केही कम्प्रोमाईज हुन सक्ने बताए ।
ढिलोमा भदौ २० भित्र सिट र क्षेत्र बाँडफाँट सक्ने संभावना रहेको उनले बताए । गठबन्धन भित्र काँग्रेसले एक सय सिट र माओवादीले ६० सिटमा दावी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ