भदौ १३ एजेन्सी । रुसले कब्जामा लिएको युक्रेनको जापोरेजियामा रहेको युरोपकै ठूलो परमाणु उर्जा संयन्त्रमा युक्रेनले रकेट प्रहार गरेको छ ।
आज प्रहार गरिएको रकेट विष्फोट हुँदा सँयन्त्रको भवनको छानोमा क्षति पुगेको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।
जापोरोजिया क्षेत्रका प्रशासन प्रमुख भ्लादीमीर रोगोभले टेलिग्राममा युक्रेनको तर्फबाट रकेट प्रहार गरेको उल्लेख गरेका छन् ।
त्यस भवनबाट परमाणु फ्युल चल्ने गर्दछ । आजै युक्रेनले ड्रोन मार्फत पावर प्लान्टमा हमलाको प्रयास गरेको र रुसी एयर डिफेन्स सिस्टम मार्फत त्यसलाई खसालिएको रुसले जनाएको छ ।
सो क्षेत्रलाई रुसले नियन्त्रणमा लिएपछि युक्रेनले परमाणु संयन्त्रमै बम हान्दा खतरा पैदा भएको छ । यो न्युक्लियर सेन्टरबाट रेडिएसन फैलिएमा पुरै युरोपभर संकट आउन सक्ने भन्दै रुसले सबै देशलाई युक्रेनमाथि दबाब दिन आग्रह गरेको छ ।
यसैबीच आईएईएका प्रतिनिधिहरु सो क्षेत्रमा जाने क्रममा रहेका छन् । उनीहरुले सो क्षेत्रको अवलोकन गर्नेछन् ।