भदौ १३ काठमाण्डौँ । नेपाली काँग्रेसले नागरिकता विधेयक रोकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पहिलो पटक छलफल गरेका छन् ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवा सहितको टोली राष्ट्रपतिलाई भेट्न आज शीतल निवास पुगेको थियो ।
सो क्रममा काँग्रेस नेताहरुले पहिला संसद विघटन गरेर तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश र अहिलेको नागरिकता बिधेयक हुबहु रहेको भन्दै त्यो अध्यादेश तत्कालै पारित गरिएको तर अहिले विधेयक रोकिएको भन्दै ध्यानाकर्षण गराएका थिए ।
राष्ट्रपतिले पनि यस अघि पुनर्विचार गर्न भन्दै पठाएको प्रश्नहरुका थप जिज्ञासा राखेकी थिईन् ।
देउवाका साथमा उपसभापति धनराज गुरुङ महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर शीतल निवास पुगेका थिए । संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरिदिएकी थिइन् । संसदका दुबै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ ।