प्रधानमन्त्रीसहित कांग्रेस पदाधिकारी शितल निवासमा, नागरिकता विधेयकमाथि छलफल

प्रधानमन्त्रीसहित कांग्रेस पदाधिकारी शितल निवासमा, नागरिकता विधेयकमाथि छलफल

  • सोमवार, भदौ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, १३ भदौ । नागरिकता विधेयकमाथि छलफल गर्न नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र राष्‍ट्रपति विद्यादेवी भण्डारीबीच नागरिकता विधेयकमाथि छलफल भईरहेको छ ।

प्रधानमन्त्री देउवा काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीसहित नागरिकता विधेयकबारे राष्‍ट्रपतिसँग छलफल गर्न शितल निवास पुगेका हुन् । उनीहरुले राष्ट्रपति भण्डारीसँग नागरिकता विधेयकबारे छलफल गर्नेछन्।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे १५ बुँदै सन्देशसहित प्रतिनिधि सभामा पठाएकी थिइन्। तर, प्रतिनिधि सभाले पर्याप्त छलफल नगरी जस्ताको त्यस्तै पारित गरेको छ। अहिले सो विधेयक राष्ट्रसभामा छ। आइतबार राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

नागरिकता विधेयकमा वर्तमान गठबन्धन तत्काल प्रमाणीकरण गर्ने पक्षमा छन् भने प्रतिपक्ष दल एमाले त्यसको विरोधमा छ।

नागरिकता विधेयक प्रमाणीकरणका लागि आफूकहाँ जस्ताको त्यस्तै आउने भएपछि राष्ट्रपति थप छलफलमा जुटेकी छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ