विधेयक पीडितको पक्षमा छैन, फास्टट्रयाकबाट पारित गरे परिस्थिति गिजोलिन सक्छः एमाले

विधेयक पीडितको पक्षमा छैन, फास्टट्रयाकबाट पारित गरे परिस्थिति गिजोलिन सक्छः एमाले

  • सोमवार, भदौ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, १३ भदौ । नेकपा एमालेले संसदमा पेश भएको वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधनण विधेयक पीडितको पक्षमा नभएको बताएको छ ।
सोमबार संसद बैठकमा बोल्दै एमाले सांसदहरुले पीडितलाई राहत पुग्ने भन्दा पनि आघात पर्नेगरी विधेयक पेश भएको बताएका छन् । बैठक बोल्दै पूर्वकानुनमन्त्री समेत रहेकी सांसद शिवमाया तुम्बाहाम्फेले वेपत्ता पारिएका व्यक्तिहरुको विधेयक विस्तृत शान्ति सम्झौताअनुसार नआएको दावी गरिन्।

तुम्बाहाम्फेले विधेयकले नेपालको संविधान र सर्वोच्चको नजिर सम्बोधन नगरेको बताइन्। उनले भनिन्, ‘मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तलाई वेवास्ता गरेको छ । यो व्यवस्थाले पीडितले न्याय पाउने गुन्जायस छैन ।

विषयगत समितिलाई लगेर राष्ट्रिय सहमतिसहित विधेयक आउनुपर्ने बताइन् ।
यस्तै सांसद प्रदिप ज्ञवालीले पनि विधेयक पारित गर्ने प्रकृया विश्वसनीय बनाउनुपर्ने बताएका छन् । संसदमा विधेयकमाथि दफावार छलफलमा भाग लिँदै सांसद ज्ञवालीले फास्टट्रयाकबाट विधेयक पारित गरिए परिस्थिति गिजोलिने बताएका हुन् ।
उनले भने, ‘विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १६ वर्ष भयो । विधेयक पारित गर्ने प्रकृया विश्वसनीय भएन भने यो विषय झन् गिजोलिनेछ । सरकारमा द्वन्द्वरत पक्षहरु हुनुहुन्छ । संवेदनशिल अझ उहाँहरु हुनुपर्छ । यसका स्टेक होल्डर पीडित त बाहिर छन् । सरोकारवालाहरु बाहिर नै छन् । पीडित र नेपाल पक्ष राष्ट्र भएका कमिटमेन्टलाई ध्यान दिनुपर्छ ।’ नेता ज्ञवालीले विधेयमाथि गम्भीरतापूर्वक छलफल गर्न जरुरी रहेको बताए।

ज्ञवालीले भने, ‘विधेयकमा माननीय मन्त्रीज्यूले गम्भीर मानव अधिकार उल्लंघन र मानव अधिकार उल्लंघन दुईवटा क्याटोगोरीमा बाँड्नु भएको छ । यो कति भ्यालीड हुन्छ । गम्भीरतापूर्वक छलफल गर्न जरुरी छ । माननीय मन्त्रीज्यू मन्त्री हुनुभन्दा अगाडि बहस गर्नुहुन्थ्यो । पीडितमैत्री गोविन्द शर्मा बन्दी अहिले यो कानुन टुंग्याउन खडा भएको मन्त्री दुईवटा फरक पात्र नबनोस् भन्न चाहन्छु । ’

उनले विधेयक पीडितमैत्री आउनुपर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ