प्रतिनिधि सभा बैठक बस्दै

प्रतिनिधि सभा बैठक बस्दै

  • सोमवार, भदौ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं, १३ भदौ । संघीय संसदअन्तरगत प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक ११ बजेका लागि डाकिएको छ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ।

यस्तै आजको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।

यस्तै बैठकमा सभामुख सापकोटाले नेपालको संविधानको धारा ८९ को खण्ड ९च० बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराउने संभावित कार्यसूचीमा उल्लेख छ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्यांकन समितिका सभापति निरा देवी जैरुले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन, २०७६ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको एकीकृत प्रतिवेदन, २०७९ पेश गर्ने कार्यसूचीमा उल्लेख छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ