एजेन्सी भदौ १२ । ताईवान मामलामा विवाद बढिरहेका बेला अमेरीकाले दुई वटा युद्धपोत ताईवान नजिक पठाएको छ । परमाणु हतियार प्रहार गर्न सक्ने युद्धपोत अघि बढेपछि चीनले त्यसलाई काउन्टर दिन थप युद्धपोत र लडाकु विमान ताईवान सीमामा तैनाथ गरेको छ ।
जनमुक्ति सेनाको ईस्टर्न थिएटर कमाण्डले अमेरीकी युद्धपोत आफ्नो निगरानी भित्र रहेको भन्दै कुनै पनि गतिविधि नियन्त्रणका लागि सेना हाईअलर्टमा रहेको जनाएको छ ।
चीनका २३ लडाकु विमानले ताईवानको आकाशमा प्रवेश गरेको ताईवानले बताएको छ ।
ताईवान मामलामा अमेरीकाले चीनलाई चिढ्याउदै न्यान्सी पेलेसी सहित अन्य अधिकारीलाई पटक पटक भ्रमणमा पठाएपछि चीनले ठूलो सैन्य अभ्यास गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline