जति युक्रेनी नागरिक मरेपनि हामीलाई मतलव छैन, यो युद्धमा रुसमाथि हामी जित्न चाहन्छौँः अमेरीकाका पूर्व सिनेटर रिचार्ड ( भिडियो सहित )

जति युक्रेनी नागरिक मरेपनि हामीलाई मतलव छैन, यो युद्धमा रुसमाथि हामी जित्न चाहन्छौँः अमेरीकाका पूर्व सिनेटर रिचार्ड ( भिडियो सहित )

  • आइतवार, भदौ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

भदौ १२ एजेन्सी । रुस र युक्रेनबीचको युद्धमा भारी हतियार र पैसा खन्याईरहेको अमेरीकाका एक पूर्व सिनेटरले अमानवीय प्रकारको टिप्पणी गरेका छन् ।

अहिले भाईरल बनेको भर्जिनियाका पूर्व सिनेटर रिचार्ड ब्लाकको भिडियोमा उनले नेटो र अमेरीकालाई कति युक्रेनी नागरिक, महिला बालबालिका मर्छन् त्यसको मतलव नहुने बताएका छन् ।

उनले युक्रेन युद्धलाई लम्ब्याउने र फुटवल म्याचमा जस्तै यो युद्धमा रुसमाथि जीत निकाल्ने अमेरीकाको चाहना रहेको उनले टिप्पणी गरेका छन् ।

गत फेब्रुअरी देखि हाल सम्म अमेरीकाले १३ अर्ब डलर भन्दा बढीको हतियार र सैन्य सहायता दिईसकेको छ ।
सँयौ अमेरीकी नागरिक समेत युक्रेनको पक्षमा युद्धमा सामेल छन् । युद्धमा थुप्रै अमेरीकी नागरिकको मृत्यु समेत भईसकेको छ ।

रिचार्डको यो भिडियो जुनमा पोष्ट भएको देखिए पनि अहिले भाईरल बनेको हो ।

समाचार स्रोतः स्पुतनिक न्युज डटकम

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ