लिबियामा हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान

लिबियामा हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान

  • आइतवार, भदौ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

त्रिपोली, १२ भदौ । लिबियाको राजधानी त्रिपोलीमा राजनीतिक गुटहरूबीचको घातक झडपको एक दिनपछि राष्ट्रसंघले हिंसा अन्त्य गर्न आह्वान गरेको छ । झडपका क्रममा कम्तीमा २३ जनाको मृत्यु र दर्जनौं घाइते भएका त्रिपोलीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा युवा हास्य कलाकार मुस्तफा बराका पनि रहेको एक अधिकारीले बताएका छन् । सन् २०११ मा नेटो समर्थित विद्रोहले तत्कालीन शासक कर्णेल मौमुर गद्दाफीलाई अपदस्थ गरेपछि लिबिया अराजकतामा छ ।

राजधानीका विभिन्न स्थानमा आगलागी र विष्फोट भएका विवरण सार्वजनिक भएका छन् । हिंसामा अस्पतालहरू प्रभावित भएका छन् । भिडन्त भएको वरपरका क्षेत्रबाट मानिसहरू विस्थापित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ