बालेन्द्र धेरै खरानी घसेका जोेगी हुन्, म उनका समर्थकसँग हजार पटक लड्न तयार छु : महेश बस्नेत

बालेन्द्र धेरै खरानी घसेका जोेगी हुन्, म उनका समर्थकसँग हजार पटक लड्न तयार छु : महेश बस्नेत

  • शनिबार, भदौ ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

भदौ ११ काठमाण्डौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले काठमाण्डौँका मेयर बालेन्द्र शाह धेरै खरानी घस्ने जोगी भएको बताउदै आफू उनका समर्थकसँग हजार पटक लड्न तयार रहेको बताएका छन् ।

उनले बालेन्द्रको डोजर अभियानले धेरे नागरिक पीडित भएको पनि टिप्पणी गरे । यस अघि उनले अल्फाबिटामा डोजर चलाउदा आपत्ति जनाउदै चेतावनी दिएका थिए ।

तोडेर फोडेर जनताका पुर्ख्यौली सम्पत्तिहरु, वर्षौदेखि दुःख गरेर कमाएर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका हाम्रा घरहरु भत्काउने तिम्रो कुनै तागत छैन । तिमीलाई कुनै अधिकार छैन । मैले यो कुरा भनेवापत तिम्रा सुण्ड मुसुण्डहरुले मलाई गाली गर्छन् भने तिम्रा सुण्ड मुसुण्डसँग हजारौँ पटक जुध्न तयार छु । हजारौ पटक लड्न तयार छु ।’ बस्नेतले चेतावनी दिएका छन् ।

बालेन्द्रको टिमसँग हजारौँ पटक भीड्न म , मेरो पार्टी र मेरो टिम तयार छ , उनले चेतावनी दिएका छन् ।

भक्तपरको एक कार्यक्रममा बोल्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ