वुटवलमा तयार भयो एक अर्ब लगानीको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीद्धारा उद्घाटन

वुटवलमा तयार भयो एक अर्ब लगानीको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीद्धारा उद्घाटन

  • शनिबार, भदौ ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

भदौ ११ वुटवल । प्रधानमन्त्री शेरबहादुर देउवा बुटवल बनेको अन्तराष्ट्रिय सम्मेलनकेन्द्रको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री देउवा आज वुटवल पुगेर सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् ।

बुटवल मण्डपमा निर्मित सभाहल र प्रर्दशनी स्थल सहरी विकास मन्त्रालयले एक अर्ब ११ करोडको लागतमा निर्माण गरेको हो ।
एउटै छानोमुनि दुई हजार सात सय जना क्षमताका सनाठूला १३ वटा हलसहित तयार भएको अन्तर्राष्ट्रिय स्तरको यो सम्मेलन केन्द्र काठमाडौं भन्दा बाहिरको सबभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र हो।

बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण भएको छ। सम्मेलन केन्द्रदेखि पश्चिमतर्फको ६ दशमलव ४ बिगाह क्षेत्रफलमा भने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीकेन्द्र बनिरहेको छ ।

उद्घाटन कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष एव पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायतको उपस्थिति रहेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ