महेश बस्नेततर्फ इंगित गर्दै कांग्रेस नेता थापाले भने,- सिंगल सिंगल भिड्छु् भन्नेहरुलाई यस पटक धूलो चटाउँछौ

महेश बस्नेततर्फ इंगित गर्दै कांग्रेस नेता थापाले भने,- सिंगल सिंगल भिड्छु् भन्नेहरुलाई यस पटक धूलो चटाउँछौ

  • शुक्रबार, भदौ १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

भक्तपुर । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले एमालेका सासद एवं युवा नेता महेश बस्नेतर्फ संकेत गर्दै सिंगल सिंगल भिड्छु् भन्नेहरुलाई धूलो चटाउने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो “आज सिंगल सिंगल भिड्छु भन्नेहरुलाई यसअघि पनि धूलो चटाएकै हौँ, त्यसपछि माओवादीको बैशाखी टेकेर एक पटक जिते भन्दैमा घमण्ड नगरे हुन्छ, यस पटक धूलो चटाउँछौ ।”

आफूले माओवादी केन्द्रको बैशाखी टेकेर चुनाब जित्दा सुहाउँदो, पवित्र हुने र अरुले गठबन्धन गर्दा अपबित्र हुने भन्दै उहाँले आफूले अपवित्र गठबन्धन गर्दा गठबन्धन भत्किएको र पार्टी धुजा धुजा भएको टिप्पणी गर्नु भयो ।

एमाले नेता बस्नेततर्फ संकेत गर्दै कांग्रेस सभापति थापाले भननुभयो, “भक्तपुरका नवयुवराजलाई पछार्न गठबन्धन आवश्यक छ, हिजो राजनीतिक व्यापारीहरुसँग कमाएको पैसा, सांसद अपहरणमा कमाएको पैसा बाडेर टिकट खरिद गर्ने र चुनाब जित्छु भनेर हल्ला चलाएका छन्, तिनले अब चुनाब जित्ने हैसियत राख्न सक्दैनन् ।”

काठमाडौंका मेयर बालेन साहले अल्फा बिटाको अबैधानिक संरचना हटाएर निकै राम्रो गरेको र त्यसमा कांग्रेसको समर्थन रहेको बताउनु भयो ।

उहाँले सांसद महेश बस्नेतले बालेनलाई गरेको गालीले त्यस्ता व्यापारीसँग साँठगाठ रहेको र लुटेको धन त्यस्ता व्यवसायमा लगानी गरेकाले बिरोध गरेको हुन सक्ने बताानु भयो

अहिलेको गठबन्धनीय राजनीतिबाटै संघ र प्रदेशको लागि उम्मेदवार चयन गर्न जिल्लास्तरमा पनि छलफल भइरहेको बताउनु भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादीलगायतका गठबन्धनका दलहरु समेतको सहभागितामा चुनावी अभियान सञ्चालन गर्ने उहाँले बताउनु भयो ।

निर्वाचन नजिकिएसँगै गठबन्धन भित्रका दलहरुका नेताले उम्मेदवारी घोषणा गर्नु स्वभाविकै भएको बताउदै उहाँले त्यसले गठबन्धनमा कुनै असर नपार्ने र गठबन्धन भित्र कुनै तित्तता नरहेको उहाँको भनाई थियो ।

मंसीर ४ को निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट संघीय सांसदमा आफ्नो पनि उम्मेदवारी घोषणा गर्नु स्वभाविकै रहेको बताउदै उहाँले भन्नुभयो, “कांग्रेसको तर्फबाट संघीय सांसदमा मेरो उम्मेदवारी स्वभाविकै हो, जनताले पनि त्यही चाहिरहेका छन् तर अन्य नेताहरुले पनि स्वभाविक रुपमा उम्मेदवारी घोषणा गरेका छन्, तर गठबन्धनले निर्णय जसलाई गर्छ त्यहीँ नै आधिकारिक उम्मेदवार हो, जुनसुकै पार्टीबाट गठबन्धनले उम्मेदवारी दिए पनि जिताउन एक भएर लाग्नेछौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ