एमालेले निकाल्यो हिशाबः आगामी चुनावमा १६ प्रतिशत मत थप्दा बहुमत पुग्ने

एमालेले निकाल्यो हिशाबः आगामी चुनावमा १६ प्रतिशत मत थप्दा बहुमत पुग्ने

  • शुक्रबार, भदौ १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

भदौ १० काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई आगामी निर्वाचनमा बहुमत पुग्न केवल १६ प्रतिशत मतको मात्र अभाव रहेको प्रतिवेदन पेश गरेका छन् ।
राष्ट्रियता, लोकतन्त्रको रक्षा गर्दै सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्ने एमाले मात्र जनतामा स्थापित नेता भएको भन्दै ओलीले अब विभिन्न दलबाट पार्टी प्रवेश गराएर, जनमत बनाएर चुनावमा बहुमत ल्याउने गरी लाग्न पार्टी पक्तिलाई निर्देशन दिएका छन् ।
१९ पृष्ट लामो राजनीतिक प्रतिवेदनमा एमाले बिरुद्धको षड्यन्त्र चूनौतीपूर्ण भएपनि अभेद्य नरहेको ओलीको निष्कर्ष छ ।
साना दलहरुसँग सहकार्य गर्ने तर आगामी निर्वाचन एक्लै लड्न पनि तयार हुनु पर्ने ओलीको धारणा रहेको छ ।
यसै गरी नागरिकता विधेयकको हकमा ओलीले बैबाहिक अंगीकृत नागरिकता प्रदान गर्ने केही न केही समय राख्नु पर्ने धारणा राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ