रुसले फेरी युक्रेनमा हान्यो हाईपरसोनिक स्कन्दर मिसाईल २ सय युक्रेनी सेनाको मृत्यु

रुसले फेरी युक्रेनमा हान्यो हाईपरसोनिक स्कन्दर मिसाईल २ सय युक्रेनी सेनाको मृत्यु

  • बिहिबार, भदौ ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 25.1K
    SHARES

भदौ ९ एजेन्सी । रुसले युक्रेनमा फेरी अत्याधुनिक हाईपरसोनिक मिसाईल स्कन्दर प्रहार गरेको छ । डेनप्रोपेट्रोभ्सक रेल स्टेशनमा डोनबास तर्फ हतियार र सेना लिएर आँउदै गरेको रेलमा यो क्षेप्यास्त्र हानिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
यस हमलामा २ सय युक्रेनी सेनाको मृत्यु भएको र थुप्रै पश्चिमा देशहरुले दिएको हतियार नष्ट भएको पनि रुसी रक्षा मन्त्रालयका प्रवक्ता ईगोर कोनासेन्कोभले बताए ।

यसै गरी खाकोभ्का बस्तीमा पनि अर्को क्षेप्यास्त्र प्रहार गरि युक्रेनी सेनाको सात वटा सैन्य पोष्ट नष्ट पारिएको रुसको दावी छ । सो घटनामा ६४ युक्रेनी सेना मारिएको दावी रुसले गरेपनि युक्रेनले केही बताएको छैन ।

रेल स्टेसनमा भएको हमलामा २० सर्वसाधारण मारिएको युक्रेनका राष्ट्रपति जेलेन्सकीले बताएका थिए ।

अमेरीकाले युक्रेनलाई ३ अर्ब डलरको सैन्य सहायता दिएको घोषणा गरेको भोलिपल्टै रुसले घातक क्षेप्यास्त्र प्रहार गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ