अमेरीकाले युक्रेनलाई थप ३ अर्ब डलर बराबरको नयाँ सैन्य सहयोग दियो

अमेरीकाले युक्रेनलाई थप ३ अर्ब डलर बराबरको नयाँ सैन्य सहयोग दियो

  • बुधबार, भदौ ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

न्युयोर्क, ८ भदौ । अमेरिकाले युक्रेनलाई ३ अर्ब डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गरेको छ । युक्रेनले स्वतन्त्र दिवस मनाइरहेका बेला वासिंगटनले किभलाई उक्त सहयोग प्रदान गरेको हो । रुसले युक्रेनमाथि हमला गरेको ६ महिना पुगेको छ । युक्रेनलाई नयाँ सैन्य सहयोग प्रदान गरिएको ह्वाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन् ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नागरिकहरूलाई ‘रूसी आतंक’विरुद्ध सतर्क रहन आग्रह गरेका छन् । रुसले पूर्वी युक्रेनमा आफ्नो हमला बढाइरहेका बेला युक्रेनले पनि आफ्नो प्रतिरोध कडा बनाएको छ ।

यसैबीच, क्रेमलिनले राष्ट्रपति भ्लादिमीर पुटिनका निकट सहयोगी तथा राष्ट्रवादी नेता डारिया दुगिनाको हत्यामा ‘कुनै दया नगर्ने’ चेतावनी दिएको छ । २९ वर्षीया दर्या दुगीनाको शनिबार राति यात्रा गरिरहेकी टोयोटा ल्यान्ड क्रुजरमा विस्फोटक पदार्थ विस्फोट हुँदा मृत्यु भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

दुगिना अलेक्ज्याण्डर दुगिनकी छोरी हुन् । अलेक्जेन्डरले लामो समयदेखि रुसी भाषा बोल्ने क्षेत्रलाई नयाँ रुसी साम्राज्यको भागको रूपमा एकीकरण गर्न वकालत गरेका छन् । पुटिनको विश्वदृष्टिकोण र युक्रेनप्रतिको दृष्टिकोणलाई आकार दिन उनी प्रभावशाली मानिन्छन् । तथापी, उनको दृष्टिकोणलाई लिएर रुसमा बहस हुने गरेको छ । दुर्घटनाको समयमा उनी बाबुको कारमा चढेकी थिइन् । बाबुलाई निशाना बनाउने क्रममा छोरीको ज्यान गएको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ