भदौ ७ एजेन्सी । १९६२ मा चीनसँग भएको युद्धमा ठूलो भुभाग गुमाएको पीडा भारतले भुलेको छैन । त्यही माथि
चीनीया र भारतीय सेनाबीच गलवान घाँटीमा १५ जुन २०२० मा भएको हिंशात्मक झडपमा सेनाका मेजर सहित २० सैनिकको मृत्यु भएपछि भारतले लगातार चीन विरुद्ध आक्रामक सैन्य तयारी गरिरहेको छ ।
भारतले रुसबाट अत्याधुनिक सुखोई ४०० एयर डिफेन्स सिस्टम, फ्रान्सबाट राफेल , ईजरायलबाट ड्रोन लिएको छ भने अमेरीकाबाट नयाँ सैन्य ड्रोन खरीद गर्ने तयारी गरेको छ । करीब ३ अर्ब अमेरीकी डलरको यो ड्रोन अक्टोबरमा दुबै देशबीच भारतमा हुने सैन्य अभ्यास आसपास भारतले प्राप्त गर्नेछ । ३० एमक्यु ९ बी प्रिपेडर अत्याधुनिक युद्धक ड्रोन हो । यसले मिसाईल र ४५० किलो सम्मको बम बोकेर ३५ घण्टा सम्म आकाशमा निरन्तर उड्न सक्छ ।
भारतले खरीद गरेका सबै अत्याधुनिक हात हतियारहरु उत्तरी चीनीया सीमामा तैनाथ गरिरहेको छ । भारत तत्कालै चीनसँग युद्ध लड्ने र जीत्ने अवस्थामा रहेकोमा भने स्वयं भारतीय विज्ञहरु विस्वस्त छैनन् ।
चीनसँगको सीमा विवाद समाधान गर्न पटक पटक भएको वार्ता सफल नभएका बेला भारतले सैन्य तयारीलाई जोड दिईरहेको छ ।
भारतीय सेनाका सेवा निवृत मेजर जनरल एसबी अस्थानाले भारत र चीन दुबैले सैन्य शक्ति प्रदर्शन गरेपनि अहिले तनावलाई नयाँ स्तरमा नलाने बिबिसीसँग बताएका छन् ।
उनले चीनले पहिले नै केही सामरिक महत्वको ईलाका कब्जा गरिसकेकाले उसका लागि अनुकुल रहेको र वातचितमा खासै चासो नदिएको टिप्पणी गरे ।