दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास

  • सोमवार, भदौ ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

सीउल, ६ भदौ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सोमबार क्षेत्रीय तालिमसँग सुरु गरेका छन् । उत्तर कोरियाको सम्भावित हतियार परीक्षणलाई टकराब दिन दुई देशले वार्षिक संयुक्त अभ्यास थालनी गरेका हुन् ।

उल्ची फ्रीडम शिल्ड नाम दिइएको यो अभ्यास अक्टोबरको अन्त्यसम्म चल्नेछ । गत मेमा कार्यभार सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले संयुक्त अभ्यासलाई ‘सामान्य’ बनाउने र उत्तर विरुद्ध प्रतिरोध बढाउने वाचा गरिरहेका बेला पछिल्लो अभ्यास सुरु भएको हो ।

पछिल्ला वर्षहरूमा कोभिड–१९ को कारणले रोकिएकोे अभ्यासहरूलाई आक्रमणको लागि पूर्वाभ्यास बताइएको छ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अभ्यासको लागि प्रारम्भिक प्रशिक्षण सुरु गरेपछि उत्तर कोरियाले गत साता पश्चिमी तटीय शहर ओन्चोनबाट दुईवटा क्रुज मिसाइल प्रहार गरेको थियो ।

उत्तर कोरियाले यस वर्ष अभूतपूर्व गतिमा क्षेप्यास्त्र परीक्षण गरेको छ र जुनसुकै बेला आफ्नो सातौं आणविक परीक्षण गर्न तयार रहेको दक्षिण कोरियाली अधिकारीहरूको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ