युक्रेनमा रहको अमेरीकी हतियारको भण्डार नष्ट पारेको रुसको दावी

युक्रेनमा रहको अमेरीकी हतियारको भण्डार नष्ट पारेको रुसको दावी

  • आइतवार, भदौ ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

भदौ ५ एजेन्सी । रुसले युक्रेनको ओडेसामा रहेको सैन्य हातहतियारको भण्डारनलाई लामो दुरीको क्यालिबर क्रुज मिसाईल प्रयोग गरी नष्ट गरिदिएको दावी गरेको छ ।

रुसको रक्षा मन्त्रालयले पत्रकार सम्मेलन मार्फत बताए अनुसार ओडेसामा रहेको सो डिपोमा अमेरीकाले दिएको हाईमार्स रकेट लन्चर लगायतका अत्याुधिनक हतियार रहेका छन् ।

यसै गरी गएराति ओल्खामा युक्रेनले रुस बिरुद्ध आक्रमणका लागि परिचालन गरेको ९ वटा ड्रोन खसालेको पनि रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

फेब्रुअरी २४ मा हमला शुरु भए यता युक्रेनको २६७ लडाकु जहाज, १४८ हेलिकप्टर, १७८५ ड्रोन, ३६७ मिसाईल सिस्टम, ४३५९ टंयाक लगायत हतियार र वाहनहरु नष्ट पारिसकेको रुसले जनाएको छ ।

हाल सम्म दुबै तर्फ कति सेनाको मृत्यु भयो भन्ने एकीन तथ्यांक छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ