युक्रेनमा २० अमेरीकी सहित एक सय बढी विदेशी लडाकु एकै दिन सैन्य कार्बाहीमा मारिएको रुसको दावी

युक्रेनमा २० अमेरीकी सहित एक सय बढी विदेशी लडाकु एकै दिन सैन्य कार्बाहीमा मारिएको रुसको दावी

  • शनिबार, भदौ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 24.2K
    SHARES

एजेन्सी भदौ ४ । रुसले बिशेष सैन्य अभियानका क्रममा युक्रेनका लागि लडिरहेका २० अमेरीकी सहित एक सय बढी विदेशी लडाकुको मृत्यु भएको बताएको छ ।

रुसी रक्षा मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा उत्तरी युक्रेनको खारकोवको एउटा गाँउमा ती विदेशी लडाकुहरु रहेको जनाएको छ ।

एकै दिन ठूलो संख्यामा विदेशी लडाकुहरु मारिनुका साथै ६ वटा ड्रोन, सात वटा कमाण्ड पोष्टहरु पनि ध्वस्त पारिएको रुसको दावी छ ।

रुस बिरुद्ध लड्न युरोप र अमेरीकाका हजारौँ लडाकु युक्रेनमा परिचालित छन् । ती मध्य थुप्रोको मृत्यु भईसकेको रुसको दावी छ ।

यसैबीच, युक्रेनले रुसको ब्लाक सि फ्लिटमा ड्रोन मार्फत हमला गरेको छ । क्रिमियाको तटमा रहेको युद्धपोतमा भएको हमलामा चालक दलका ५ जना घाईते भएको र जहाजमा सामान्य क्षति पुगेको क्रिमियाको सेभेष्टोपोलका गभर्नरले बताएका छन् ।
यसैबीच युक्रेनमा सैन्य अप्रेसनमा सहभागी रुसी सेनाहरु विरामी पर्न थालेका छन् । क्रित्रिम रुपमा केमिकल विषाक्त फैलिदा सेनाहरु बिरामी परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । अस्पतालमा बिरामी सेनाहरु भर्ना भएका छन् । यो युक्रेनको तर्फबाट केमिकल फैलाईएको हो या के कारण हो अनुसन्धान भईरहेको रुसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ