चीनले विकसित गर्दैछ ड्रोन फोर्स, समुन्द्रदेखि आकाश जमिन सबैतिर युद्ध र आम प्रयोगमा आउने

चीनले विकसित गर्दैछ ड्रोन फोर्स, समुन्द्रदेखि आकाश जमिन सबैतिर युद्ध र आम प्रयोगमा आउने

  • शनिबार, भदौ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 19K
    SHARES

भदौ ४ काठमाण्डौँ । चीन उच्च प्रविधिको विकास गर्ने समकालिन विश्वमा सबै भन्दा अग्रणि स्थानमा देखिन्छ । चीनले ताईवानसँग विवाद बढीरहेका बेला चालक रहित जहाज, सबमरिन, हेलिकप्टर र एयरक्राफ्टको भारी मात्रामा विकास गरिरहेको छ । यो एक प्रकारले ठूलो ड्रोन फोर्स हो , साउथ चाईना मर्निग पोष्टले लेखेको छ ।

सिसिटिभिका अनुसार मानव रहित साधनहरुले हालै मात्र चीनको गुप्तचर सूचना संकलन नेटवर्कमा समावेश भएर काम शुरु गरेका छन् । एआर ५०० सिजे चीनीया जनमुक्ति सेनाको एभिएसन उद्योगले भर्खरै विकास गरेको मानव रहित हेलिकप्टर हो । यो हेलिकप्टर समुन्द्रमा युद्ध र उद्धार एवं खोजीमा प्रयोगमा आउने सेनाले जनाएको छ । जियाग्सी प्रान्तमा यो हेलिकप्टरले स्वचालित रुपमा उडान भरेर सफलतापुर्वक ल्याण्ड गरेको थियो । २०२३ देखि यो हेलिकप्टर सैन्य र नागरिक प्रयोगका लागि तयार हुनेछ ।

त्यसै गरी समुन्द्रमा चल्ने मानव रहित विश्वकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्समा आधारीत पानी जहाजको पनि चीनले सफल परीक्षण गरेको छ । यो जहाजलाई झु हाई युआन नाम दिईएको छ । यसले दर्जनौँ सबमरिन, डोन , एरियल ड्रोन आदिलाई बोक्न सक्छ । ८८.५ मिटर लामो, १४ मिटर चौडाई र ६.१ मिटर गहिरो यो जहाज अन्य जहाजहरु जस्तै २१ माईल प्रतिघण्टाको दरले समुन्द्रमा यात्रा गर्न सक्षम छ ।

चीनले सबमरिन ड्रोनको पनि विकास गरेको छ । जुन ड्रोन समुन्द्र भित्र पनि यात्रा गर्न सक्छ र आवस्यक परेका बेला आकाशमा उड्न पनि सक्छ ।

यसै गरी चीनले पछिल्लो वर्ष विकसित गरेको मरिन ड्रोन हो । जसको नाम रोबो सार्क छ । यसले युद्धमा, उद्धार र राहतमा तीव्र गतिमा कार्य गर्न सक्छ । यसले दुष्मनको गतिविधिको निगरानी गर्नुका साथै सबमरिनहरुको र युद्धपोतहरुको ट्रयाक पनि गर्न सक्छ ।

चीनले त्यस अघि देखि पनि थुप्रै सैन्य ड्रोनहरुको विकास गरेर प्रयोगमा ल्याईसकेको छ । जसले युद्धभूमिमा आपुर्ति, ढुवानी र उद्धार एवं युद्धकार्य सबै गर्न सक्छ ।

यी सबै उपकरणहरुको विकासले चीनले विज्ञान प्रविधिको प्रयोगबाट समुन्द्र, आकाश र जमिन सबैतिर ड्रोन फोर्सको भीमकाय शक्ति निर्माण गरिरहेको स्पष्ट हुन्छ ।
चीनलाई थाहा छ कि भविष्यमा सानो ठूलो युद्ध विना उसले ताईवान एकीकरण गर्न सक्ने छैन । त्यसका निम्ती अमेरीका र नेटोसँग पनि संभावित युद्धको जोखिम उत्तिकै छ । त्यसैले उसले सैन्य शक्तिको आधुनिकिकरण गर्न , नयाँ नयाँ हतियार र प्रविधिको विकास गर्न ठूलो मेहेनत गरिरहेको स्पष्ट हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी