फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ अहिले भाइरल भइरहेको छ। संसारभर सामाजिक सञ्जालमा भाईरल बनिरहेको भिडियो सार्वजनिक गर्नु उचित थिएन भन्ने मरिनको प्रतिकृया छ ।
विपक्षी पार्टीका नेताहरुले भने मरिनले रक्सी मात्र हैन लागू औषध समेत खाएको भन्दै परीक्षण गर्नु पर्ने माग गरेका छन् ।
पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उनी विवादमा परेकी हुन्। लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उनका साथीहरू नाचगान गरिरहेको देखिन्छ।
३४ वर्षकी हुँदा मरिन सन् २०१९ मा फिनल्यान्डकी प्रधानमन्त्री बनेकी थिइन्। त्यतिबेला उनी संसारकै सबैभन्दा कान्छी सरकार प्रमुख थिइन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline