युक्रेन युद्धसँगै पश्चिमाहरुको प्रभुत्व समाप्त हुने हंगेरिका प्रधानमन्त्रीको दाबी

युक्रेन युद्धसँगै पश्चिमाहरुको प्रभुत्व समाप्त हुने हंगेरिका प्रधानमन्त्रीको दाबी

  • शुक्रबार, भदौ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 41.1K
    SHARES

भदौ ३ एजेन्सी । हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानले युक्रेन युद्धसँगै पश्चिमाहरुको प्रभुत्व समाप्त हुने चेतावनी दिएका छन् ।
उनले युक्रेन युद्धमा सैन्य रुपमा पश्चिमाहरुले जीत हासिल गर्न नसक्ने पनि दावी गरे ।

जर्मनीको एक सञ्चार माध्यमलाई दिएको अन्तवार्तामा ओरबानले यो युद्धपछि अमेरीका मात्रै हैन युरोपेली युनियन पनि थप कमजोर हुने बताए ।

पश्चिमाहरुले युद्ध त जित्न सक्दैनन् नै उनीहरुले रुसलाई अस्थीर बनाउन लगाएको नाकाबन्दी पनि युरोपकै लागि ब्याकफायर भएको उनको टिप्पणी छ । विश्वको ठूलो हिस्साले युक्रेन युद्धमा अमेरीकालाई साथ नदिएको पनि उनले बताए ।

 

चीन, भारत, अफ्रीका , अरब बिश्व, दक्षिण अमेरीकी मुलुकहरुले यो युद्धमा पश्चिमाहरुलाई साथ नदिएको ओरबानले बताए । रुससँग आफ्नै उर्जा स्रोत भएकाले युरोपले कहिले पनि उसलाई अस्थीर तुल्याउन नसक्ने उनको ठोकुवा छ । यस अघि नै रुसका राष्ट्रपतिले युक्रेनमा सैन्य अभियानपछि पश्चिमा साम्राज्यको युग अन्त्य भएको घोषणा गरेका थिए ।
हंगेरीले रुस र युक्रेनको युद्धमा तठस्थ भूमिका निर्वाह गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ