साउन २८ काठमाण्डौँ । रुसले यदी आफ्नो सम्पत्ति कब्जा गरे अमेरीकासँगको सम्पूर्ण सम्बन्ध अन्त्य गर्ने चेतावनी दिएको छ ।
२४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरीका र नेटो देशहरुले रुसमाथि प्रतिवन्ध लगाएर सम्पत्ति नियन्त्रण गरेका छन् ।
हाल सम्म अमेरीकाले रुसको ६५० अर्ब डलर भन्दा बढी रुसी सम्पत्ति जफत गरेका छन् ।
रुसी विदेश मन्त्रालयका उत्तर अमेरीकी विभागका प्रमुख अलेक्जेन्डर डर्विचले एक अन्तवार्तामा रुसी सम्पत्ति स्थायी रुपले जफत गर्ने कुराले गंभीर हानिकारक परिणाम ल्याउने चेतावनी अमेरीकालाई दिईसकिएको बताए ।
अमेरीका र रुसबीचको बढ्दो तनावले विश्वमा तेस्रो महायुद्ध निम्तन सक्ने यस अघि देखि नै चेतावनी दिईदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline