ताईवानलाई बिलय नगर्दा सम्म घेराबन्दी र सैन्य अभ्यास नरोक्ने जनमुक्ति सेनाको घोषणा

ताईवानलाई बिलय नगर्दा सम्म घेराबन्दी र सैन्य अभ्यास नरोक्ने जनमुक्ति सेनाको घोषणा

  • सोमवार, साउन २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 23.3K
    SHARES

एजेन्सी साउन २३ । चीनीया जनमुक्ति सेनाले पहिलो चरणको घोषित सैन्य अभ्यासलाई ताईवानलाई पुनः एकीकरण नगरेसम्म जारी राख्ने घोषणा गरेको छ । यसले दक्षिणी चीनीया सागरमा थप तनाव बढ्ने अनुमान गरिएको छ । गत मंगलबार अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसीले चीनको चेतावनीका बीच ताईवान भ्रमण गरेपछि आक्रामक बनेको जनमुक्ति सेनाले ताईवानलाई ६ तिरबाट घेरेर भीषण सैन्य अभ्यास शुरु गरेको थियो ।

४ अगष्ट देखि ७ अगष्ट सम्म घोषित अभ्यास हिजै सकिए पनि थप अभ्यास जारी राखिएको छ । चीनको रकेट फोर्स, स्ट्राटेजिक फोर्स, एयरफोर्स, जलसेना र थल सेनाले ताईवानी सीमानामा अभ्यास गरिरहेको छ ।

आजको अभ्यासमा एन्टी सबमरिन ध्वस्त पार्ने, रणनीतिक क्षेप्यास्त्र सटिक प्रहार गर्ने र स्थल, हवाई र जल क्षेत्रबाट सँयुक्त कार्बाहीको वास्तविक अभ्यास भईरहेको जनमुक्ति सेनाको ईस्टर्न थिएटर कमाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जनमुक्ति सेनाको यो अभ्यासका क्रममा ताईवानमा नाकाबन्दी जस्तो बनेको छ । ताईवान भित्र जान र बाहिर जान जल मार्ग बन्द जस्तै अवस्थामा छ भने हवाई रुट पनि प्रभावित छ ।

पेलोसीको भ्रमणपछि चीनले ताईवान एकीकरण अभियान तीव्र पार्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ