उत्तर कोरियाली सेनाको सहयोग लिँदै पुटिन !

उत्तर कोरियाली सेनाको सहयोग लिँदै पुटिन !

  • आइतवार, साउन २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

किभ, २२ साउन । युक्रेनमाथि हमला गरिरहेको रुसले उत्तर कोरियाको सहयोग लिने बिचार गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन आक्रमण गर्ने आफ्नो योजनामा उत्तर कोरियाली नेता किम जोङ उनको सहयोग लिने प्रयास गरिहेको प्राप्त विवरणमा जनाइएको छ । सहयोगवापत पुटिनले उत्तर कोरियाका १ लाख सेनालाई उर्जा र खाद्यान्न उपलब्ध गराउन इच्छुक रहेको बताइएको छ ।

उत्तर कोरियाले पठाउने फौज रुस समर्थक दोनेत्स्क जन गणतन्त्र ९डीपीआर० र लुहान्स्क जनगणतन्त्र ९एलपीआर०मा परिचालन गरिने जनाइएको छ । ती दुबै क्षेत्रलाई किमले स्वतन्त्र देशको रूपमा मान्यता दिएका छन् ।
‘उत्तर कोरिया आफ्ना १ लाख सेना दोनबास परिचालन गर्न तयार छ’ क्रेमलिन समर्थक एक न्युज एजेन्सीले लेखेको छ , ‘प्योङयाङले आफ्ना रणनीतिक युनिटलाई दोनबास लैजान सक्नेछ । त्यसको बदलामा उसलाई रुसले खाद्यान्न र उर्जा आपूर्ति गर्नेछ ।

उत्तरले सहयोग गरे रुसले सहर्ष स्वीकार्ने मस्कोले जनाएको छ । मस्कोका रक्षा विशेषज्ञ कर्नल इगोर कोरोत्चेन्कोले रुसी सरकारी टिभीलाई भने ‘किम जोङ उनले हामीलाई दिएको सहयोग स्वीकार्न लाज मान्नु हुँदैन ।

रुसको नेसनल डिफेन्स जर्नलका सम्पादक कोरोत्चेन्कोले भनेः ’एक लाख उत्तर कोरियाली स्वंयमसेवकहरू द्वन्द्वमा भाग लिन तयार रहेको विवरण सार्वजनिक भएका छन् । ’

तर उनले उत्तर कोरियाली जनता ‘लचक र सीधा’ रहेको भन्दै अगाडि भने, ‘किम जोङ उनले हामीलाई अगाडि बढाएको हात स्वीकार्न लाज मान्नु हुँदैन । ’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ