फ्रोजन गरिएको माछा र सुँगुरको मासुमा कोभिड–१९ भाइरस एक महिनासम्म बाँच्न सक्छः अध्ययन

फ्रोजन गरिएको माछा र सुँगुरको मासुमा कोभिड–१९ भाइरस एक महिनासम्म बाँच्न सक्छः अध्ययन

  • आइतवार, साउन २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी, २२ साउन ।

हालै गरिएको एक अध्ययन अनुसार सार्क–कोभ–२ भाइरस फ्रोजन माछा र सुँगुरको मासुमा ३० दिनसम्म बाँच्न सक्छन् । प्याकेज गरिएको मासु भाइरसको स्रोत भएको आशंकामा फ्रोजन गरिएका कुखुरा, गाईको मासु, सुँगुर र साल्मनमा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानको नतिजा ११ जुनमा अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी जर्नल एप्लाइड एण्ड इन्भाइरोमेन्टल माइक्रोबायोलोजीमा सार्वजनिक गरिएको थियो ।
अन्वेषकहरूले मासु र माछाका उत्पादनहरूलाई फ्रिज (४ डिग्री सेल्सियस) र फ्रिजरको तापक्रम (माइनस २० डिग्री सेल्सियस)मा भण्डारण गरेका थिए ।

अमेरिकाको क्याम्पबेल युनिभर्सिटीका सहायक प्राध्यापक एमिली एस बेलीले भने, ‘तपाईंले फ्रिजमा मासुलाई ३० दिनसम्म सुरक्षित राख्न सक्नुहुन्न, तर तपाईंले यसलाई लामो समयसम्म फ्रिजरमा राख्न सक्नुहुन्छ ।’  बेलीले एक विज्ञप्तिमा भने, ‘हामीले यो पनि पत्ता लगायौं कि भाइरसहरू लामो समयसम्म कल्चर्ड हुन सक्छ ।’

कोभिड–१९ महामारी समुदायमा फैलनुअघि दक्षिणपूर्वी एसियामा देखिएको पत्ता लगाएपछि अनुसन्धानकर्ताहरूले अध्ययन गर्ने निर्णय गरेका थिए ।  बेलीका अनुसार यो अध्ययन महत्वपूर्ण छ किनभने सार्स–कोभ–२ श्वासप्रश्वासमा मात्र नभएर पेटमा पनि बढ्न सक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ