साउन २० एजेन्सी । अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताईवान भ्रमण गरेर चीनको सार्वभौम सत्ताको गंभीर उलंघन गरेको भन्दी जनमुक्ति सेनाले ताईवानलाई घेराबन्दी गरेर भीषण सैन्य अभ्यास जारी राखेको छ ।
ताईवानलाई आकाश, जमिन र समुन्द्र सबै ईलाकामा नाकाबन्दी गरिएको छ । ताईवानी सञ्चार माध्यमहरुका अनुसार चीनको यो नाकाबन्दीले सैन्य दृष्टिकोणबाट मात्र नभई जनजीवन पनि प्रभावित हुन थालेको समाचारमा उल्लेख गरेका छन् ।
मेरिटाईम रुट ब्लक हुँदा ताईवान प्रवेश गर्ने र ताईवानबाट बाहिरिने जहाजहरु सिफ्ट हुन सकेका छैनन् भने हवाई जहाजहरुको उडान समेत प्रभावित बनेका छन् ।
साथै चीनले ताईवानमा निर्यात र आयात दुबै बन्द गरेको छ । यसले पनि त्याहाँको जनजीवन प्रभावित बनेको छ ।
चीनले अत्यन्त घातक र रहस्यमय क्षेप्यास्त्र ताईवानी सीमामा प्रहार गरीरहेको छ । चीनले प्रहार गरेको पाँच वटा क्षेप्यास्त्र जापानी ईलाकामा खसेको पनि बताईएको छ ।
चीनले यो अभ्यास अमेरीकाले गरेको सार्वभौम सत्ताको उलंघनको प्रतिरोध र ताईवान एकीकरणको अभ्यास भनेको छ ।
यो सैन्य अभ्यास अगष्ट ७ सम्म गर्ने चीनले जनाएको छ ।