साउन १८ काठमाण्डौँ । १९९६ पछि चीनले पहिलो पटक ताईवानलाई चारैतिरबाट घेरेर बिशाल सैन्य अभ्यास शुरु गरेको छ । ताईवानको सीमा नजिक ६ दिशाबाट चीनीया लडाकु विमानहरुले क्षेप्यास्त्र प्रहार गरीरहेका छन् भने युद्धपोतहरुले युद्धअभ्यासमा भाग लिएका छन् ।
चीनले ताईवानको हवाई नाका र समुन्द्री मार्ग बन्द गरेको छ । अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसी ताईवान पुगेपछि क्रुद्ध बनेको चीनले ताईवानलाई मुख्य भूमिसँग एकीकरण गर्न सैन्य कार्बाही गर्न पनि पछि नपर्ने बताउदै आएको छ ।
ताईवानको रक्षा मन्त्रालयले पनि चीनीया सेनाले ताईवानको समुन्द्री मार्ग र हवाई नाका बन्द गर्ने प्रयास गरिरहेको बताएको छ ।
यस युद्धअभ्यासमा चीनले हाल सम्मकै उसले विकास गरेको अत्याधुनिक स्टेल्थ फाईटल जेट जेएफ २० लगायत युद्धक विमानहरु सामेल गराएको छ । समुन्द्री किनारमा ठूलो संख्यामा सैन्य टैंकहरु समेत पुर्याएको छ ।