साउन १७ एजेन्सी । चीनको कडा चेतावनीका बीच अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसी ताईवान पुगेकी छन् । पेलोसीलाई अमेरीकी सेनाको दुई दर्जन बढी लडाकु विमान, युद्धपोतले सुरक्षा दिँदै ताईवान पुर्याएको हो ।
चीनले पेलोसी त्याहाँ पुगेपछि कडा प्रतिकृया दिँदै निश्चित लक्ष्यका साथ श्रृखलावद्ध सैन्य अप्रेशन चलाउने घोषणा गरेको छ ।
चीनको रक्षा मन्त्रालयले पेलोसीको भ्रमणको बिरुद्ध देशको एकीकरण र सार्वभौम सत्ताको रक्षाका लागि सैन्य कार्बाही गर्ने घोषणा गरेको हो ।
चीनले दर्जनौ एसयु ३५ लडाकु विमानले गस्ती गरीरहेको छ भने समुन्द्री किनारामा ठूलो संख्यामा टैंकहरु तैनाथ गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline