बाईडेनलाई सिले चेतावनी दिए लगत्तै चीनीया जनमुक्ति सेनाको भीषण युद्धको तयारी

बाईडेनलाई सिले चेतावनी दिए लगत्तै चीनीया जनमुक्ति सेनाको भीषण युद्धको तयारी

  • शनिबार, साउन १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 31.4K
    SHARES

साउन १४ काठमाण्डौँ । अमेरीकी राष्ट्रपति जो बाईडेनलाई चीनीया राष्ट्रपति सि जिन पिगंले चीनीया सार्वभौम सत्ताको उलंघन नगर्न चेतावनी दिए लगत्तै जनमुक्ति सेनाले अमेरीका बिरुद्ध संभावित भीषण युद्धको तयारी थालेको छ ।
अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताईवान भ्रमण रोक्न स्पष्ट चेतावनी दिँदै चीनले आवस्यक परे सैन्य कार्बाही गरेर पनि उक्त भ्रमण विफल पार्न तयारी थालेको हो ।
जनमुक्ति सेनाको आधिकारीक पोष्ट वाईवोमा सेनाको तयारी, प्रशिक्षण र युद्ध अभ्यासको ब्यापक प्रचार भएको छ ।

पेलोसी अमेरीकी सेनाको विमान मार्फत आए गोलाबारी गर्ने, त्यति गर्दा पनि नरोकिए जनमुक्ति सेनाले अमेरीकी लडाकु विमान खसाल्ने सम्मको तयारी गरेको छ ।
ताईवान चीनको अभिन्न अंग मानिएको छ । ताईवानको सरकारले भने स्वतन्त्र देशको रुपमा उभिन प्रयास गरिरहेको छ ।

चीनको स्पष्ट चेतावनीका बाबजुद पेलोसी ताईवान पुगे यसले दुई देशबीच युद्ध भड्किने सम्मको खतरा बढेको छ ।

अहिले ताईवान नजिक चीनको जल सेना र हवाई सेनाले बिशाल युद्ध अभ्यास गरिरहेको छ ।
अमेरीकाले पनि घातक युद्धपोत सो क्षेत्रमा पठाएको छ ।
चीनले आफ्नो देशका एक अर्ब ४० करोड बढी जनता सार्वभौम सत्ताप्रति दृढ रहेको भन्दै यसको उलंघन गर्नु आगोसँग खेल्नु हुने र जस्तो सुकै परिस्थिति निम्तिन सक्ने चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ