युक्रेनका कलाकार राष्ट्रपतिको करामतः सेना र जनता युद्धको मारमा राष्ट्रपति फोटो सेसनमा !

युक्रेनका कलाकार राष्ट्रपतिको करामतः सेना र जनता युद्धको मारमा राष्ट्रपति फोटो सेसनमा !

  • बिहिबार, साउन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

एजेन्सी साउन १२ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी श्रीमती ओलेना जेलेन्स्काले भोग म्यागजिनको कभर स्टोरीको लागि पोज दिएका छन् ।

पत्रिकामा दम्पतीले आफ्नो झण्डै २ दशक लामो वैवाहिक जीवनबारे छलफल गरेका छन् । उनीहरूले आफ्नो इतिहास सेयर गर्नुका साथै जारी आक्रमणका कारण छुट्टिनु परेको आफ्ना छोराछोरीबिना समय बिताएको विषय उल्लेख छ । राष्ट्रपति र प्रथम महिला दुबैले किभमा भोग टोलीसँग व्यक्तिगत रूपमा अन्तवार्ता दिएका छन् ।

युक्रेनमाथि रुसी हमला भएको १५० दिनभन्दा बढी कटेको छ । हमलामा हजारौँ मानिसको मृत्यु भएको छ । भोगले श्रीमति जेलेन्स्काको तस्बीरलाई उसको पछिल्लो डिजिटर कभर स्टारको रुपमा समेत पोस्ट गर्दै त्यसलाई ‘साहसको चित्रण’ भनेको छ जहाँ युक्रेनी प्रथम महिला कालो पाइन्ट र सेतो टपमा सजिएर राष्ट्रपतिको कार्यलयभित्र बसेकी छिन । भोगले आफ्नो इन्स्टाग्राम हेन्डलमा सार्वजनिक गरेका अन्य तस्बीरहरूमा उनी सिपाहीहरू र भग्नावशेषमा फोटोको लागि पोजसमेत दिएकी छिन् ।

‘युक्रेन युद्ध एउटा महत्वपूर्ण र नयाँ चरणमा प्रवेश गर्दा देशको प्रथम महिला ओलेना जेलेन्स्का एक प्रमुख खेलाडी बनेकी छिन् – एक फ्रन्टलाइन कूटनीतिज्ञ र राष्ट्रको भावनात्मक आवाज ’, भोगले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा भनेको छ ।

म्यागेजिनसँग कुरा गर्दै जेलेन्स्काले आफ्नो भावी पतिलाई दक्षिणपूर्वी युक्रेनको गृहनगर क्रिभि रिहको हाई स्कुलमा भेटेकी थिइन् । उनीहरू विश्वविद्यालयमा डेटिङ गर्न थाले र एक व्यंग्य समूह गठन गरे । उनको सम्पूर्ण प्रोफाइल अक्टोबरको अंकमा उपलब्ध हुने भोगले जनाएको छ ।
यसैबीच अभिनेताबाट राष्ट्रपति बनेका जेलेन्सकीको यो गतिविधिको आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यसको बिरोध गर्दै गैरजिम्मेवारी भनेका छन् ।
एक ट्वीटर युजरले जनताप्रति नै बिरोध गर्दै भनेका छन्, जब तपाई अभिनेतालाई राष्ट्रपति चुन्नु हुन्छ भने हुने यस्तै हो । देशमा युद्ध चलिरहेको छ राष्ट्रपतिको प्राथमिकता अन्तै छ ” ।
उता अमेरीकाका एक नागरिकले भनेका छन्, जब अमेरीकाले ६० बिलियन डलरको सहयोग दिईरहेका छन् तब जेलेन्सकी फोटो सुट गराएर बसिरहेका छन् ।

रुसले हमला गरेको १५५ दिन पुगिसकेको छ । यस युद्धमा ७ हजार नागरिक र अन्य दशौँ हजार युक्रेनी सेनाको मृत्यु भएको छ भने डोनबास क्षेत्र लगभग रुसको कब्जामा गएको छ ।
यस युद्धमा रुस तर्फ पनि दशौँ हजार सेनाको मृत्यु भएको छ । युद्ध अझै चलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ