फिलिपिन्समा शक्तिशाली भूकम्प, चारको मृत्यु, दर्जनौँ घाईते

फिलिपिन्समा शक्तिशाली भूकम्प, चारको मृत्यु, दर्जनौँ घाईते

  • बुधबार, साउन ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

फिलिपिन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७।१ म्याग्नीच्युडको भूकम्प आएको हो ।

स्थानीय समयानुसार राती १२ः ४३ मा भूकम्प आएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा भूकम्प आएको हो । भूकम्पको धक्का भने राजधानी मनिलामा पनि महसुस गरिएको थियो ।

क्षतिको विवरण आइनसकेपनि ठूलो धक्का भएकाले धेरै क्षति भएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् । अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण धेरै भवन तथा भौतिक संरचनाहरु भत्किएका छन् ।

भूकम्पकै कारण कतिपय ठाउँमा पहिरो पनि गएको र सडक, सञ्चार, विद्युतलगायतका सेवा अवरुद्ध भएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको छ ।

राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले भूकम्पबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ ।
राष्ट्रपति मार्कोस उक्त क्षेत्रको निरीक्षण गर्न जान लागेको पनि उहाँको सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ