अल्पसंख्यक हिन्दू र शिख स्वदेश फर्कनूः तालिबान

अल्पसंख्यक हिन्दू र शिख स्वदेश फर्कनूः तालिबान

  • मङ्लबार, साउन १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काबुल, १० साउन।
तालिबानले अफगानिस्तानको सुरक्षा अवस्था समाधान भइसकेको दाबी गर्दै आफ्ना अल्पसंख्यक हिन्दू र सिखहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ । तालिबानले १५ अगस्टमा सत्ता कब्जा गरेपछि केही हिन्दू, शिखलगायतका अल्पसंख्यकले देश छाडेका थिए ।

तालिबान राज्यमन्त्रीको कार्यालयका महानिर्देशक डाक्टर मुल्ला अब्दुल वासीले जुलाई २४ मा अफगानिस्तानको हिन्दू र सिख परिषद्का सदस्यहरूसँग भेट गरेपछि अफगानिस्तानको चिफ अफ स्टाफको कार्यालयले ट्वीटमार्फत यस्तो जानकारी दिएको हो ।

वासीले काबुलमा हिन्दू र सिख नेताहरूको प्रतिनिधिमण्डलसँग भेट गरेका थिए । भेटका क्रममा  सुरक्षा समस्याका कारण देखाइ देश छाडेका सबै भारतीय र सिख देशबासीहरू अब अफगानिस्तान फर्कन सक्ने स्मरण उनले गराए ।

यसैबीच, सिख नेताहरूले काबुलको गुरुद्वारामा इस्लामिक स्टेट खोरासान प्रान्त (आईएसकेपी) को आक्रमण रोकेको भन्दै तालिबानलाई धन्यवाद दिएको बुझिएको छ । तालिबानले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ