नेपालको वैदेशिक व्यापारक घाटा अहिलेसम्मकै बढी, एक वर्षमा व्यापार घाटा १७ खर्बभन्दा बढी

नेपालको वैदेशिक व्यापारक घाटा अहिलेसम्मकै बढी, एक वर्षमा व्यापार घाटा १७ खर्बभन्दा बढी

  • सोमवार, साउन ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, ९ साउन । नेपालको वैदेशिक व्यापार घाटा गत आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्मकै सबैभन्दा बढी भएको छ ।

भन्सार विभागका अनुसार गतवर्ष नेपालको कुल व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा ३ खर्ब २१ अर्ब ७० करोड ४४ लाख १ हजार रुपैयाँले बढेको छ ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा २३ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तु आयात र २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।

गतवर्ष नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटा आर्थिक वर्ष २०७६/७७ मा १० खर्ब ९९ अर्ब ८ करोड ९९ लाख ४८ हजार रुपैयाँ, २०७५/७६ मा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख २२ हजार रुपैयाँ र २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ७४ करोड ३४ लाख २७ हजार रुपैयाँ रहेको थियो ।

नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि, एक वर्षमा दुई खर्बभन्दा बढीको वस्तु निर्यात 

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि भएको छ ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न विभिन्न देशले गरेको लकडाउन खुकुलो भएसँगै नेपालको निर्यात व्यापार वृद्धि भएको हो ।

नेपालले एक वर्षमा १९ खर्ब २० अर्बभन्दा बढीको वस्तु आयात गर्यो

नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको वस्तुहरु आयात गरेको छ ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त रकम बराबरको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।

सो अवधिमा नेपालले कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तुहरु विभिन्न देशबाट निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको आयात व्यापार २४.७२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष नेपालले विभिन्न देशबाट १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको वस्तुहरु आयात गरेको थियो ।

अघिल्लो वर्षभन्दा गत वर्ष नेपालले ३ खर्ब ८० अर्ब ६१ करोड १२ लाख ८१ हजार रुपैयाँ बढीको वस्तु आयात गरेको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ