लस एन्जलसमा गोली चल्यो, २ जनाको मृत्यु

लस एन्जलसमा गोली चल्यो, २ जनाको मृत्यु

  • सोमवार, साउन ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

लस एन्जलस, ९ साउन।  लस एन्जलसको एउटा पार्कमा दुई समूहबीच गोली हानाहान हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्यान पेड्रोको पेक पार्कमा चलिरहेको कार शोको क्रममा स्थानीय समयअनुसार आइतबार साँझ ४ बजे गोलीबारी भएको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ ।

पेक पार्कमा दुई पक्षबीचको विवादका कारण गोली हानाहान सुरु भएको लस एन्जलस प्रहरी विभागका क्याप्टेन केली मुनिजले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘हामी प्रमाण र सम्भावित थप पीडितहरूका लागि पार्क खाली गर्न जारी राख्छौं’ केलीको भनाई  उद्धृत गर्दै सीएनएनले जनाएको छ ।  एक जनाभन्दा बढी मानिसले गोली प्रहार गरेको अनुमान गरिएको छ ।

प्रहरीले गोलाबारीबारे थप अनुसन्धान गरेको छ । अमेरिकामा बारम्बार गोली प्रहारका घटना हुने गरेका छन् । केही दिनअघि पनि दुई समूहबीच गोली हाना हान भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ