म्यानमारको सेनाद्वारा ४ प्रजातन्त्रवादी कार्यकर्तालाई मृत्युदण्ड

म्यानमारको सेनाद्वारा ४ प्रजातन्त्रवादी कार्यकर्तालाई मृत्युदण्ड

  • सोमवार, साउन ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

यांगुन, ९ साउन। म्यानमारको सेनाले चार प्रजातान्त्रिक कार्यकर्तालाई मृत्युदण्ड दिएको छ । दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको हो ।  पूर्वसांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जावरलाई ‘आतंकवादी कार्य’मा संलग्न रहेको आरोप लगाइएको थियो ।

जुनमा सेनाले पहिलो पटक घोषणा गरेको मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । जुन्ता सरकारले गत वर्ष फेब्रुवरीमा  आङ सान सुकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) सरकारलाई अपदस्त गरेको थियो ।

म्यानमारको मिलिजुली सरकार मृत्युदण्डको निन्दा गरेको छ । मृत्युदण्डको खवरले आफूहरू ‘अत्यन्तै स्तब्ध र दुःखी’ भएको सरकारका घटकले जनाएका छन् । प्रजातन्त्र समर्थक व्यक्तित्वहरू, सशस्त्र जातीय समूहका प्रतिनिधिहरू र एनएलडीका सदस्यहरू मिलेर गठबन्धन सरकार बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ