टिकटक लाइभ स्ट्रिममा पूर्व पत्नीलाई आगो लगाउने चिनियाँलाई मृत्युदण्ड

टिकटक लाइभ स्ट्रिममा पूर्व पत्नीलाई आगो लगाउने चिनियाँलाई मृत्युदण्ड

  • आइतवार, साउन ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

बेइजिङ, ८ साउन । आफ्नी पूर्वपत्नीलाई टिकटक लाइभ स्ट्रिमको क्रममा जलाएर हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक चिनियाँलाई मृत्युदण्ड दिइएको छ । उनलाई दक्षिणपश्चिम सिचुआन प्रान्तमा अदालतको आदेशमा  लु नाम गरेका व्यक्तिलाई शनिबार मृत्युदण्ड दिइएको हो ।

सन् २०२१ मा जानाजानी हत्याको लागि उनीमाथि मृत्युदण्डको सजाय सुनाइएको थियो ।

न्गावा तिब्बती र छियाङ स्वायत्त प्रिफेक्चर मध्यवर्ती जनअदालतका अनुसार उनले गरेको अपराध निकै पाशविक थियो र लु सबैभन्दा कठोर सजायका लागि योग्य थिए । लु र उनकी श्रीमती लामु एघार वर्ष सँगै बसेपछि सन् २०२० को जुनमा छुट्टिएका थिए । दुवैले टिकटकको चिनियाँ संस्करण डोउयिनमा प्रभावकारी रूपमा काम गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ