पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा धेरै टाढा छैनः इमरान खान

पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा धेरै टाढा छैनः इमरान खान

  • आइतवार, साउन ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

इस्लामाबाद, ८ साउन । पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको बताएका छन् । सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को लागि सडकमा उत्रनेसमेत उनले चेतावनी दिएका छन् ।

पूर्वक्रिकेटरसमेत रहेका खानले आसिफ जर्दारी र शरीफ परिवारको नेतृत्वमा रहेको माफियाले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जोगाउन तीन महिनामा देशलाई राजनीतिक र आर्थिक रूपमा तहसनहस पारेको आरोप लगाए ।

‘हामी श्रीलंकाको अवस्थाभन्दा टाढा छैनौं जब हाम्रा जनता सडकमा उत्रनेछन्’, खानले भने । पाकिस्तानको ३० वर्षसम्म लुटेर अवैध रूपमा जम्मा गरिएको सम्पत्ति बचाउनको लागि तीन महिनामा जरदारी – शरीफको माफियाले देशलाई राजनीतिक र आर्थिक रूपमा देशलाई घुँडा टेकाएको छ ।

खानले यसअघि आफू सत्ता ढल्नुमा अमेरिकालाई दोष लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ