सहयोगीको साथबाट २० करोड भारु बरामदपछि पश्चिम वंगालका मन्त्री पक्राउ

सहयोगीको साथबाट २० करोड भारु बरामदपछि पश्चिम वंगालका मन्त्री पक्राउ

  • शनिबार, साउन ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी, ७ साउन। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पश्चिम बंगालका उद्योग तथा वाणिज्य मन्त्री पार्थ चटर्जी पक्राउ परेका छन् । राज्यमा शिक्षक भर्ती घोटालासँग सम्बन्धित मुद्दामा भ्रष्टाचार विरोधी निकाय प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो । आफ्ना निकट सहयोगीबाट २० करोड भारु बरामद भएको केही घण्टापछि चटर्जी पक्राउ परेका हुन् ।

नगद बरामदलाई लिएर प्रहरीले तृणमूल कंग्रेसका नेतासमेत रहेका चटर्जीलाई रातभर सोधपुछ गरिएको थियो । तर, अनुसन्धानकर्तालाई उनले सहयोग नगरेकाले उनी शनिबार बिहान पक्राउ परेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

‘पार्थ चटर्जीलाई रातभरको सोधपुछ पछि गिरफ्तार गरिएको थियो । सोधपुछको क्रममा चटर्जीले असहजताको गुनासो गरेपछि अनुसन्धानकर्ताहरूले ल्याएका दुई डाक्टरहरूले उनको स्वास्थ्य जाँच गरेका थिए । डाक्टरहरूले अनुमति दिएपछि फेरि सोधपुछ सुरु भयो’,  आधिकारिक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।

हाल, उद्योग र वाणिज्य मन्त्री चटर्जीले घोटालाको समयमा  शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ