भारतमा राष्ट्रपतिः सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ द्रौपदी मुर्मु

भारतमा राष्ट्रपतिः सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ द्रौपदी मुर्मु

  • बिहिबार, साउन ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

नयाँ दिल्ली, ५ साउन । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छिन् । सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेद्ववार मुर्मु विहीबार राष्ट्रपतिमा विजयी भएकी हुन् । विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छिन् । यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो । मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए । विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो ।

६४ वर्षीया मुर्मु पूर्वशिक्षिका हुन् । उनी वर्षौंैँदेखि भारतीय जनता पार्टी (भाजपा)मा आबद्ध छन् । उनी झारखण्डकी पूर्वराज्यपालसमेत हुन् ।
भारतमा राष्ट्रपति चयन प्रक्रियामा संघीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित क्षेत्रमा व्यवस्थापिका संसद्का सदस्यले मतदान गर्छन् । भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ ।

सन् १९५८ को जुन २० मा मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल आदिवासी समुदायमा उनको जन्म भएको हो । यो भारतको सबैभन्दा पुरानो आदिवासी समूह हो । मर्मुले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरिन् । लगत्तै उनी सरकारी जागिरे भइन् । सन् १९७९ मा उनी सिंचाइ विभागमा सरकारी कर्मचारी थिइन् ।

सन् २००० मा उनी भाजपाको तर्फबाट राज्यसभामा निर्वाचित मुर्मु सन् २०१७ मा झारखण्ड राज्यको गभर्नर बनेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ