जलवायु परिवर्तनको असरः स्पेन र पोर्चुगलमा तातो हावाका कारण १७ सय बढीको मृत्यु

जलवायु परिवर्तनको असरः स्पेन र पोर्चुगलमा तातो हावाका कारण १७ सय बढीको मृत्यु

  • बुधबार, साउन ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

एजेन्सी साउन ४ । विश्वव्यापी रुपमा जलवायु परिवर्तनको गंभीर असर देखिएको छ । प्रकृतिमाथिको अत्याधिक दोहनको परिणाम स्वरुप जलवायु परिवर्तनले गंभीर रुप देखाउन थालेको छ ।
खास गरी अहिले पश्चिम यूरोप, अफ्रीका र पश्चिम एशियामा भीषण गर्मी बढेको छ ।
यही कारण स्पेन र पोर्चुगलमा मात्रै १७ सय मानिसको मृत्यु एक साता भित्र भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नासाका अनुसार पोर्चुगलको तापक्रम ४५ डिग्रि पुगेको छ । पोर्चुगलको तीन हजार हेक्टर जमिन जलेर खरानी भएको छ । यस्तै स्पेनको १५ सय हेक्टर ईलाका खरानी भएको छ ।
आगो नियन्त्रणका लागि जनशक्ति परिचालन भएको छ । यो समस्या फ्रान्समा पनि देखिदै गएको छ । यसै गरी बेलायतमा पनि अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
अत्याधिक तापक्रमका कारण ईटालीको मारमोलादा ग्लासियर पग्लिदा ११ पर्वतारोहीको मृत्यु भएको छ ।
उता अफ्रिकाको ट्युनिशियामा पनि अत्याधिक गर्मीका कारण बालीनाली जलेर नष्ट भएको छ ।
जता ततै डढेलो लागेको र सडकको अलपत्र समेत पग्लन थालेको भन्दै यूरोपमा मानिसहरु चिन्तित बनिरहेका छन् ।

उत्तर अमेरीकी देश, भारत, चीन जस्ता देशमा पनि जलवायु परिवर्तनले असर पुर्याउन शुरु गरेको नासाको दाबी छ ।
यो परिवर्तनले मानवस्वास्थ्यका अतिरिक्त अन्य गंभीर परिणाम ल्याउन सक्ने नासाको चेतावनी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ