एजेन्सी साउन ३ । युक्रेनमाथि सैन्य हमला जारी राखेको रुसका राष्ट्रपति भ्लादीमीर पुटिन ईरान पुगेका छन् ।
पश्चिमाहरुले युक्रेन मामलालाई लिएर प्रतिवन्ध लगाएको र भारी मात्रामा घातक हतियार दिएर युद्ध लम्ब्याईरहेका बेला पुटिन ईरान पुग्नुलाई महत्वपूर्ण अर्थका साथ हेरिएको छ ।
ईरान पनि अमेरीकाको दुष्मनकै रुपमा रहेको छ ।
पुटिनले ईरानका राष्ट्रपति ईब्राहिम रेईसीसँग भेटवार्ता गरेका छन् । यो भेटमा रुस र ईरानबीच रणनीतिक साझेदारी वृद्धि गर्ने, व्यापार वृद्धि गर्ने, भुक्तानीको माध्यम डलर बाहेकमा गर्ने र हतियार आदान प्रदानको समेत छलफल भएको बताईएको छ ।
ईरानले तयार पारेको अत्याधुनिक ड्रोन रुसलाई दिन सक्ने अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline