मेक्सिकोमा हेलिकप्टर दुर्घटना, १४ जना सैनिकको मृत्यु

मेक्सिकोमा हेलिकप्टर दुर्घटना, १४ जना सैनिकको मृत्यु

  • शनिबार, असार ३२, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

३२ असार, काठमाडौं । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ ।

सोही दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । उत्तरी मेक्सिकोमा लागूऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको सैनिक हेलिकप्टर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको मेक्सिकोको नौसेनाले जनाएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो ।

अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले राफेललाई सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । सोही विषयलाई लिएर मेक्सीको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ