एजेन्सी असार ३१ । देश आर्थिक रुपमा टाट पल्टिए पछि भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षले राजीनामा दिएका छन् । उनी सेनाको बिशेष विमान मार्फत माल्दिभ्स पुगेका थिए ।
त्यसपछि उनी सिंहापुर गएका थिए । उतैबाट उनले ईमेल मार्फत सभामुखलाई राजीनामा पठाएका हुन् ।
आज उनको राजीनामा सभामुखले बाचन गरेर सुनाउने छन् । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि उनी भागेर बाँच्न सफल भएका थिए ।
प्रधानमन्त्री रनिल बिक्रम सिंहेले अहिले कार्यवाहक राष्ट्रपतिको रुपमा काम गरिरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline