असार २९ काठमाडौं । श्रीलंका सरकारले संकटकाल घोषणा गरेको छ ।
राजनीतिक अस्थिरताकाबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संकटकाल घोषणा गरेका हुन् ।
प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा कर्फ्यू जारी भएको छ ।श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुशीयाली मनाइरहेका छन् ।
सडक प्रदर्शनकारीले भरिएपछि उनीहरूलाई हटाउन प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको छ । श्रीलंकामा संकटकाल घोषणाले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबै भन्दा खराब आर्थिक सङ्कटको सामना गर्दै आएको छ । यसले गर्दा देशभरी खाद्य, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline